धनगढी: चैत महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भिटौला पर्व मनाउन थालिएको छ। भाइबहिनीबीचको माया र सम्बन्ध झल्काउने यस पर्वमा माइती पक्षका दाजुभाइले बिहे भइसकेकी दिदीबहिनीको घरमा पुगेर भेट्ने परम्परा रहेको छ।
भिटौलोका अवसरमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल तथा लुगाकपडा जस्ता सामग्री लगेर दिने गरिन्छ। माइतीबाट ल्याइएका कोसेली छिमेकीसँग बाँड्ने परम्परा पनि रहेको छ।













