• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १२ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ८. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ९. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • १०. गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

‘वर्कसप’मार्फत मासिक ५० हजार आम्दानी गर्दै जन्जीर

  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारका जन्जीर चौधरी स्वदेशमा परिश्रम गरेर सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनले सात वर्षदेखि सञ्चालन गर्दै आएको मोटरसाइकल मर्मत वर्कसपबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका हुन्।

वनसमिति बजारमा रहेको सानो वर्कसपबाट सुरु भएको उनको यात्राले अहिले स्थिर आय र भविष्यको योजनाको ढोका खोलेको छ । मोटरसाइकलको इञ्जिन बाँध्ने, वारिङ गर्ने, पाटपुर्जा बदल्ने, सर्भिसिङ गर्नेलगायत सबै काम चौधरीले आफैँ गर्दै आएका छन् । कामको चाप बढी हुने याममा भने मासिक आम्दानी रु एक लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए ।

जन्जीरको वर्कसपमा उनकी श्रीमती सरु चौधरीले पनि साथ दिँदै आएकी छिन् । दुवै जना बिहान ७ः०० बजेदेखि राति करिब ९ः०० बजेसम्म वर्कसपमा व्यस्त हुन्छन् । कामदार नराखी श्रीमान्–श्रीमती मिलेर काम गर्दा खर्च घट्ने र कमाइसँगै बचत गर्न पनि सजिलो हुने चौधरीको अनुभव छ ।

वर्कसपको आम्दानीबाट चौधरीले परिवारको दैनिक खर्च धान्नुका साथै केही सम्पत्ति जोडेका छन् । “घरमा रहेको चार बिघा जग्गाको खनजोत, सिँचाइ, मलखाद र बीउबिजन खरिदको खर्च पनि वर्कसपकै आम्दानीले धानिरहेको छ”, चौधरीले भने, “एक पटक श्रीमती बिरामी हुँदा उपचारका लागि करिब रु दुई लाख खर्च भयो, त्यो पनि यही कमाइले व्यवस्थापन गर्न सक्यौँ ।”

श्रीमती सरुलाई पनि मोटरसाइकल मर्मतको काम सिकाउँदै आएका जन्जीर अहिले आधाभन्दा बढी काम गर्नसक्ने अवस्थामा पुर्याएका छन् । यही क्रममा वडा कार्यालयमार्फत मोटरसाइकल मर्मतसम्बन्धी तालिम सञ्चालन हुने जानकारी पाएपछि उनले तालिम लिने निर्णय गरे । तालिमका क्रममा करिब एक वर्ष विभिन्न वर्कसपमा काम गर्ने अवसर पाएपछि मोटरसाइकल मर्मतमा सक्षम भएको उनले बताए ।

“साथीभाइसँग सापटी मागेर रु चार लाख लगानी गरी वर्कसप सुरु गरेँ”, चौधरीले भने, “इमानदारीपूर्वक काम गर्दै गएपछि आम्दानी बढ्दै गयो र छ महिनामा सापटी रकम फिर्ता गर्न सफल भएँ ।” उनको वर्कसपमा करिब रु १५ लाख बराबरको लगानी पुगेको छ । उनले कमाइबाटै क्रमशः उपकरण र पाटपुर्जा थप्दै वर्कसपलाई विस्तार गर्दै आएका छन् ।

प्राविधिक सीपलाई अझ व्यवस्थित बनाउन चौधरीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी० बाट मोटरसाइकल मर्मतसम्बन्धी तीनमहिने तालिम लिएका छन्। उक्त तालिमपछि उनले ‘वान लेभल’ परीक्षा पनि उत्तीर्ण गरेका छन् ।

यही सीपका आधारमा अहिले उहाँ विभिन्न गैरसरकारी संस्थाले सञ्चालन गर्ने मोटरसाइकल मर्मतसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा सहभागी हुँदै आएका छन् । यसबाट उनलाई अतिरिक्त आम्दानी हुने गरेको जन्जीरले जानकारी दिए ।

वर्कसपको आम्दानीबाट चौधरीले गाउँमै दुईवटा पक्की घर निर्माण गरेका छन् । चार–चार कोठाका दुई घरमध्ये एउटा आफ्नै परिवारका लागि र अर्को भाइका लागि बनाएका हुन् । यससँगै उनले दुई बिघा जग्गामा उखुखेती गर्दै आएका छन् । उखुखेतीबाट मात्रै वर्षमा करिब रु पाँच लाख आम्दानी हुने गरेको उनले बताए ।

सीप सिकेर स्वदेशमा मेहनत गरे मनग्य आम्दानी गर्न सकिने सन्देश चौधरीले वैदेशिक रोजगारीमा जाने युवालाई दिँदै आएका छन् । उनले भने, “विदेश जाने सोचभन्दा पहिले स्वदेशमै सीप सिकेर काम गर्ने प्रयास गरे राम्रो आम्दानी परिवारसँग बसेर गर्न सकिन्छ ।” युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारले तालिम तथा सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।रासस

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने
धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला

समाचार

सबै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १२ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.