धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ बडारा र टीकापुर नगरपालिका- ९ खक्रौलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ८० हजार बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका सुटपिस, साडी, मोटर गार्ड, कार्पोटर, सकर, मिटर, मोटरसाइकलको बटन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













