धनगढी । कैलालीको एक सामुदायिक वनमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वन भित्र नामथर, वतन खुल्न नआएको बर्ष अन्दाजी ३७/३८ को जस्तो देखिने पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













