धनगढी । कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन ।
बिहीबार जिल्लाको लम्कीचुहा नगरपालिका-१ पूर्व लम्कीस्थित सोही नगरपालिकाको वडा नं ३ बस्ने ५२ वर्षीय कालुराम जैशी मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।













