• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ८. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ९. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • १०. गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

खक्रौला सीमा सुरक्षा गुल्ममा तस्करको ताण्डव : डीएसपी पौडेलसहितको टोली प्रधान कार्यालय तानिए

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको टीकापुरस्थित खक्रौला सीमा सुरक्षा गुल्ममा भएको गम्भीर सुरक्षा लापरबाहीको घटनाले सशस्त्र प्रहरी बलभित्र ठुलो हलचल पैदा गरेको छ। सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीमा रहेको टोलीले आफ्नै कार्यालयको सुरक्षा गर्न नसकेको र तस्करीमा संलग्न समूहले कार्यालयभित्रै पसेर कमाण्डरमाथि हातपातको प्रयास गर्दा समेत मूकदर्शक बनेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले कडा कदम चालेको हो।

यस घटनामा दोषी ठहर गर्दै गुल्मपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रदीप पौडेलसहित त्यहाँ कार्यरत सम्पूर्ण टोलीलाई कारबाहीका लागि काठमाडौँस्थित हलचोक मुख्यालय झिकाइएको छ। घटनाको सुरुवात चैत ४ गते सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएको सामान नियन्त्रणमा लिएपछि भएको थियो।

तस्करीको सामान समातिएपछि आक्रोशित बनेको एउटा समूह योजनाबद्ध रूपमा खक्रौला गुल्मको कार्यालयमै पुगेको थियो। कुनै पनि सुरक्षा निकायको कार्यालय निषेधित र संवेदनशील क्षेत्र मानिए पनि उक्त समूह गेटको सुरक्षा घेरा तोड्दै सिधै कार्यालयभित्र प्रवेश गरेको थियो।

उनीहरूले डिएसपी पौडेलको कार्यकक्षमै पुगेर उनीमाथि अभद्र व्यवहार र हातपातको प्रयास गरेका थिए। आफ्नै कमाण्डरमाथि आक्रमणको प्रयास हुँदा र बाहिरी समूहले कार्यालयभित्रै वितण्डा मच्चाउँदा समेत त्यहाँ तैनाथ सशस्त्र प्रहरीका जवान तथा अन्य अधिकृतहरूले उनीहरूलाई रोक्न कुनै प्रभावकारी कदम नचालेको पाइएको छ।

सुरक्षाकर्मीहरूले आवश्यक बल प्रयोग नगरी भिडलाई रमिता हेरेझैँ हेरेर बसेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि संगठनको छविमाथि नै गम्भीर प्रश्न उठेको थियो। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले यस घटनालाई सुरक्षा संयन्त्रमाथिको ठुलो चुनौती र अनुशासनको चरम उल्लङ्घनका रूपमा लिएको बताएका छन्। तस्कर समूह कार्यालयभित्रै छिरेर कार्यालय प्रमुखमाथि हातपात गर्ने अवस्था सिर्जना हुनु र सुरक्षाकर्मीले बल प्रयोग नगर्नुलाई गम्भीरतापूर्वक लिँदै सिंगो टोलीलाई नै परिवर्तन गरिएको उनले जानकारी दिए।

मुख्यालयले डिएसपी पौडेलसहितको टोलीमाथि सशस्त्र प्रहरी नियमावली अनुसार कडा विभागीय कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० अनिल कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले स्थलगत अध्ययन गरी बुझाएको प्रारम्भिक प्रतिवेदनले सुरक्षाकर्मीहरूको लापरबाही औँल्याएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो।

खक्रौला जस्तो महत्त्वपूर्ण सीमा नाकामा सुरक्षा रिक्तता हुन नदिन मुख्यालयले तत्कालै नम्बर ३४ गणबाट नयाँ टोली र कमाण्डर पठाएर जिम्मेवारी सम्हालिसकेको छ। काठमाडौँ तानिएका डीएसपी पौडेलसहितको टोलीसँग अहिले बयान लिने र स्पष्टीकरण सोध्ने काम भइरहेको छ।

तस्कर समूहसँग उनीहरूको कुनै साँठगाँठ थियो वा डरका कारण बल प्रयोग नगरेका हुन् भन्ने पाटोबाट समेत सूक्ष्म अनुसन्धान भइरहेको छ।

हाल खक्रौला र आसपासको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र नयाँ टोलीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिइएको छ। रातोपाटीबाट

 

  • खक्रौला सीमा
आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने
धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला

समाचार

सबै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.