धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैते दसैंको शुभकामना व्यक्त गरेका छन ।
चैते दसैं २०८२ को अवसरमा आज उनले सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन ।
उनले सन्देशमा भनेका छ्न ‘नेपालीहरुको पर्व चैते दसैं तथा नवरात्रिको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
सत्यको असत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले मर्यादा पुरुषोत्तम श्रीरामले रावणमाथि विजय प्राप्त गरेको स्मरण गराउने उनले सन्देशमा उल्लेख छ ।
‘माता दुर्गाको आराधना गर्दै शक्ति, शाहस र सकारात्मक ऊर्जा प्राप्त गर्ने अवसरका रूपमा पनि यो पर्व महत्वपूर्ण रहेको छ’ सन्देशमा भनिएको छ ‘यस पावन अवसरले हामी सबैमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्दछु।’

















