धनगढी । कैलालीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
बिहीबार जिल्लाको चुरे गाउँपालिका–५ भासुगाउँका ४७ वर्षीय दुर्गा अर्खालीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
घर नजिकैको जंगलमा बाख्रा चराउन गएका अर्खाली घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गरेका थिए ।
खोजीका क्रममा उनी भिरबाट लडेर मृत अवस्थामा फेला परेका जनाइएको छ । घटनाबारे राति सवा ९ बजे अस्थायी प्रहरी पोष्ट खानीडाँडामा स्थानीयले फोनमार्फत जानकारी गराएका थिए।
जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ हवल्दार गोरखबहादुर खड्काको कमाण्डमा ३ जनाको टोली राति नै घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

















