काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलगायतको नयाँ मन्त्रीहरुले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
नयाँ मन्त्रिपरिषद्मा गृहमन्त्रीमा सुधन गुरुङ,अर्थ मन्त्रीमा स्वर्णिम वाग्ले,कानुनमन्त्रीमा सोविता गौतम तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी विराज भक्त श्रेष्ठले पाएका छन्।
त्यस्तै,परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ भने पर्यटन मन्त्रालय गणेश पौडेलले सम्हाल्ने भएका छन्। सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, कृषि मन्त्रीमा गीता चौधरी, सञ्चारमन्त्रीमा विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा सुरेश लम्साल नियुक्त भएका छन् ।
यसैगरी, शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक साहलाई दिइएको छ।













