काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन् ।
आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो ।
गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो । २०७९ सालमा गोरखाबाट विजयी प्रचण्ड यस पटक रुकुम पूर्वबाट निर्वाचन लडेका थिए।













