धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
सोमबार कैलालीको धनगढी उपमहानगरपालिका -३ त्रिनगर व्यारेल नजिक र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ८५० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त मूल्यको सुर्ती, बिडी, मसला, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५२ हजार ५ सय बराबरको माछा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नष्ट गरेको जनाइएको छ।

















