धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्।
गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए।
उक्त सिफारिसलाई अनुमोदन गर्दै प्रदेश प्रमुख मियाँले अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएका हुन्।

















