धनगढी । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक आज बस्ने भएको छ ।
बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा सभा बैठक आयोजना हुने भएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा. सुनिलकुमार जोशीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यसअघिका तीन सभा (सिनेट) बैठकहरू सङ्घीय राजधानीमा भएका थिए ।
बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिहरूको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीजस्ता विषयमा छलफल हुने उनले बताए ।
बैठकमा शिक्षा,विज्ञान तथा प्रविधीमन्त्री सस्मित पोखरेल, शिक्षा सचिव, स्वास्थ्य सचिव, चिकित्सक शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्री लगायतको सहभागिता रहने जनाइएको छ ।
विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ ।













