कैलाली । कैलालीमा जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ परेका छन ।
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको कैलारी गाउँपालिका-३ हसुलियाका २३ वर्षीय सनि चौधरीलाई बिहिबार बेलुकी पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सनि चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













