धनगढी । किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले डोटीको जोरायल गाउँपालिका–२ पतडामा मृतक शेयर सदस्यका परिवालाई सुविधा वितरण गरेको छ ।
सहकारीले श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रममा संस्थाले सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत गत पुस २० गते निधन भएकी सदस्य दुर्गादेवी कामीका परिवारलाई राहत प्रदान गरिएको हो ।
संस्थाको सहजपुर शाखाले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा मृतक दुर्गादेवीका श्रीमान राजन विकलाई रु ३ लाख ४६ हजारको चेक हस्तान्तरण गरेको जनाएको छ ।
किसान वहुउद्देश्यीय सहकारी संस्थाका तालिम विभाग प्रमुख नारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका नीति तथा अनुपालक प्रमुख दीपकराज ढुङ्गानाले गरेका थिए ।
कार्यक्रमको सञ्चालन सहजपुर शाखा प्रमुख दिनेशराज न्यौपानेले गरेका थिए भने कार्यक्रममा स्थानीय बासिन्दा उल्लेख्य उपस्थिति रहेको थियो ।

















