धनगढी । सेता प्रादेशिक अस्पतालमा उपचारका क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको निगरानीमा रहेका बेला शुक्रबार राति अस्पतालबाट भागेका धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका-१० सिमलघाट क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
रानाको मेडिकल जाँच गरि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको उनले जानकारी दिए ।
रानालाई लागुऔषध मुद्दामा प्रहरीले पक्राउ गरेको थियो।













