धनगढी । कैलालीमा जिप र मोटरसाईलक ठोक्किदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशा तर्फ आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका–१९ फुलबारी बस्ने २२ वर्षीय राममिलन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकोमा उनको उपचारको क्रममा शनिबार बेलुका मृत्यु भएको हो ।
जिप र जिप चालक भजनी नगरपालिका–५ वस्ने २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।













