धनगढी। कैलालीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३० हजार ५ सय बराबरको किराना सामान सोमबार नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ।













