धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्य उपचारका लागि भारत प्रस्थान गरेका छन ।
उनी आज बिहान करिब ६ बजे स्थलमार्गमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेको उनको सचिवालय जानकारी दिएको छ।
मुख्यमन्त्री शाह नियमित उपचारका लागि नयाँ दिल्ली गएका जनाइएको छ । मुख्यमन्त्री शाह केही समयदेखि अस्वस्थ छन ।













