• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित

भजनी । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ ।

बर्सेनि नदीको कटान र डुवानले स्थानीय विस्थापित हुँदै आएको सो क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी भएपछि यसवर्ष त्यसलाई स्थानीय सरकार तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा निरन्तरता दिइएको छ ।

नगरपालिका, सहकर्मी समाज र स्थानीयको जनश्रमदान मार्फत गरेको जैविक तटबन्धको काम भैरहेको छ । प्रत्येक घरबाट एक सय रुपैयाँ सङ्कलन गर्दै त्यसै रकमको केही कट्टा खरिद गरेर जनश्रमदानबाट गत वर्ष तटबन्ध सुरु गरिएको थियो ।

त्यसबेलाको तटबन्धले बस्ती पस्ने खतरा रहेको कन्द्रा वस्ती पस्न रोकिएको स्थानीय अमरराज न्यौपाने बताउँछन् ।

‘गत वर्ष प्रभावकारी भएपछि यस वर्ष नगरपालिकालगायत अन्य सहयोगीको समन्वयमा काम भइरहेको छ ।’ उनी भन्छन्, ‘आशा गरौँ अब हामीले विस्थापित हुनुपर्ने छैन ।’ उनका अनुसार हालसम्म झन्डै किलोमिटर जैविक तटबन्ध भइसकेको छ ।

बर्सेनि कन्द्रा नदीले खेतीयोग्य जमिन कटान गर्नुका साथै बस्ती डुबानमा पर्ने समस्या झेल्दै आएका छन् । नदीबाट बर्सेनि चार सय ३५ घरधुरी प्रभावित हुने गरेका छन् । झलझलियामा बर्सेनि कन्द्राको कटानले बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्दै गएको छ ।

कैयौँ परिवार खेतीयोग्य जमिन बगर बनेपछि सुकुम्बासी बनेका छन् । त्यसैलाई मध्यनजर गर्दै गएको भदौमा स्थानीय नागरिकहरूको जनश्रमदानम सयौँ मिटर जैविक तटबन्ध गरिएको स्थानीय लक्ष्मीप्रसाद जैशीले जानकारी दिएका छन् ।

‘सरकारलाई तटबन्ध निर्माणका लागि हारगुहार गर्दागर्दै हामी थाकिसकेका छौँ । हाम्रो भनेको सबैले सुन्ने गरे पनि कार्यान्वयन कतैबाट नहुँदा नागरिकहरूलाई सुरक्षित राख्न जैविक तटबन्ध गरिएको थियो’, उनले भने, ‘त्यो प्रभावकारी पनि देखिएको छ, नदीले गर्ने कटान रोकिएको छ ।’

यस वर्ष नगरपालिका र सहमति नेपालको साझेदारीमा एक सय ७५ मिटर थप तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको छ । हालसम्म त्यहाँ पाँच सय मिटरभन्दा बढी क्षेत्रमा जैविक तटबन्ध निर्माण भएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए।

नगरपालिकाले सात सय ५० मिटर जैविक तटबन्धको काम गर्नेगरी सर्भे गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, नेपाल रेडक्रस सोसाइटी, स्थानीयको जनश्रमदानबाट उक्त तटबन्धको काम हुन लागेको नगरपालिकाकी वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए ।

‘नगरपालिकासहितका सङ्घसंस्थाहरूको झन्डै २५ लाख लागतमा जैविक तटबन्धको काम हुन लागेको छ’, उनले भने, ‘यो अहिलेसम्मकै सबैभन्दा धेरै जैविक तटबन्ध निर्माण हुन लागेको हो ।’ उनका अनुसार यसभन्दा पहिले झन्डै ६५ लाखभन्दा बढीको लगानीमा जैविक तटबन्ध भइसकेको छ ।

जैविक तटबन्ध भएपछि नदीको कटान रोकिँदा त्यहाँ व्यावसायिक बगरखेतीलाई प्राथमिकता दिइएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढीका कारण प्रभावित भएका परिवारलाई आयआर्जनमा जोड्नका लागि प्रयोगविहीन बगरमा सामुदायिक कृषि वन कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाका निवर्तमान सभापति बासुदेव बिनाडीले जानकारी दिएका छन ।

‘कृषि वन कार्यक्रममा फलफूललाई प्राथमिकता दिइएको छ’, उनले भने, ‘यसले एकातिर किसान उत्पादनमा पनि जोडिने र आउने दिनमा नदी कटान रोकिने विश्वास गरिएको छ ।’

बाढी प्रभावितलाई लक्षित गर्दै जीविकोपार्जनसहितको कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । यस वर्ष थोरै भए पनि तटबन्धका कारण बाढीको जोखिमबाट छुटकारा पाएका स्थानीय बाँकी रहेको क्षेत्रमा पनि तटबन्ध हुने भएपछि अबका दिन यसभन्दा पहिलेका जस्ता नहुने झलझलियाका फागुराम डगौराले बताए।

वर्षात्को समय भजनीलाई बाढी र डुबानले बर्सेनि आक्रान्त बनाउँदै आएको छ । कन्द्रा नदी त्यस क्षेत्रमा सबैभन्दा बढी दुःख बनेर बसेको छ ।रासस

 

बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.