• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

सडक सुरक्षा सुधारलाई तीव्रता दिन उच्चस्तरीय कार्यशाला

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

धनगढी ।सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय उच्चस्तरीय कार्यशाला आयोजना गरिएको छ ।
राष्ट्रिय सडक सुरक्षा परिषद् र सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा एशियाली विकास बैंकको प्राविधिक सहयोग रहेको थियो ।
शुक्रबार आयोजित कार्यशालामा राजनीतिक नेतृत्व, प्रदेश सभा सदस्य, सरकारी अधिकारी, नेपाल प्रहरी, विकास साझेदार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (२०२१–२०३०) कार्यान्वयन तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय २६ वटा सवारी दुर्घटना भएका छन् भने ९ सय २३ जनाले ज्यान गुमाएका छन् । विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा दुर्घटनाको संख्या बढी रहेको उल्लेख गरिएको छ । ती तथ्यांकले सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता अझ स्पष्ट भएको सहभागीहरूले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर बिष्णु भण्डारीले प्रभावकारी सडक सुरक्षा व्यवस्थापनका लागि सबै तहका निकायबीच संस्थागत समन्वय आवश्यक रहेको बताए । उनले सडक पूर्वाधार निर्माणसँगै सुरक्षित यातायात प्रणाली विकासमा जोड दिनुपर्ने धारणा राखे ।
एशियाली विकास बैंकका वरिष्ठ यातायात अधिकृत हेमन्त तिवारीले वर्तमान सडक सुरक्षा अवस्थाबारे प्रकाश पार्दै राष्ट्रिय सडक सुरक्षा पहलमा एशीयाली विकास बैंक निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले सडक सुरक्षालाई यातायातको विषय मात्र नभई मानव जीवन र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति अक्कल बहादुर रावलले सडक सुरक्षामा सबै पक्षको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सडक दुर्घटनाबाट बढ्दो मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई सार्वजनिक नीतिको प्राथमिक विषय बनाउन आग्रह गरे ।
कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले प्रदेश तथा स्थानीय सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक नीति, पूर्वाधार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यशालाका प्राविधिक सत्रहरू एडीबी टोलीका इन्जिनियर हेमन्त तिवारीको नेतृत्वमा सञ्चालन गरिएको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ईन्जिनियर भिमार्जुन अधिकारीको अध्उक्षमा भएको कार्यक्रमको इन्जिनियर सरोजकुमार प्रधान, इन्जिनियर समीक्षा अधिकारी, निरज धौभडेल तथा शुभ खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमाणमा आधारित तथा सहभागितामूलक छलफलमार्फत सडक सुरक्षा सुधारका व्यवहारिक उपायहरूबारे सुझाव संकलन गरिएको आयोजकले जनाएको छ ।

  • कार्यशाला
शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

समाचार

सबै

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.