• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

बझाङमा हेफर परियोजनाको प्रगति समिक्षा: ४ हजार १ सय परिवार लाभान्वित

  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

चैनपुर । हेफर इन्टरनेसनल नेपाल र स्थानीय सरकारको साझेदारीमा बझाङमा सञ्चालित ‘आर्थिक समृद्धिका लागि साझेदारी’ कार्यक्रमअन्तर्गतका परियोजनाहरूको प्रगति समिक्षा, सिकाइ आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ ।

हेफर इन्टरनेसनल नेपालले आयोजना गरेको कार्यक्रममा खप्तडछान्ना, मष्टा, छविसपाथीभेरा, सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा सञ्चालित गतिविधि तथा उपलब्धिबारे समिक्षा गरिएको थियो ।

कार्यक्रममा क्षेत्रीय कार्यालयका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाशकुमार केसीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार परियोजनाको कुल लागतको ७० प्रतिशत सम्बन्धित स्थानीय तह र ३० प्रतिशत हेफरको बजेटमा सञ्चालन भएको छ । यसबाट हालसम्म ४ हजार १ सय परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

कृषि तथा पशुवस्तु मूल्य शृंखलाअन्तर्गत किसानले दुध, बाख्रा, तरकारी र कुखुराको व्यवसायबाट करिब १४ करोड रुपैयाँ आम्दानी गरेको जानकारी दिइएको थियो । परियोजना सञ्चालनपछि पाँचै पालिकामा किसान परिवारको वार्षिक आम्दानी वृद्धि भएको र कृषि तथा पशु विकासमा पालिकाहरूले उच्च प्राथमिकता दिन थालेको देखिएको छ ।

परियोजनाअन्तर्गत पाँचै पालिकामा १७५ वटा महिला समूह गठन भएका छन् । प्रत्येक पालिकामा एक-एक वटा सहकारी र संकलन केन्द्र निर्माण गरिएको प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले जानकारी दिए । यसले महिला किसानहरूको बचत गर्ने बानी, आत्मविश्वास र आयआर्जनमा सुधार ल्याएको छ ।

जयपृथ्वी नगरपालिका-१ की सुनिता जोशीले भनिन्, ‘हेफरबाट सीप तालिम, बाख्रा र तरकारीको बीउ पाएपछि गुजरामुखी जीवनशैलीबाट व्यवसायमुखी जीवनशैलीमा आएका छौं । समूहमा मासिक बचत गर्छौं, बाख्रा उपहार कार्यक्रम गर्छौं र आत्मनिर्भर बन्न थालेका छौं ।’

लाभग्राही पुष्पा गिरी, सुशीलादेवी बोहरा, सरस्वती सिंह र सविता बोहराले समूहमा आवद्ध भएपछि क्षमता र आत्मबल बढेको बताए । तर महिलाहरूले समूह तथा सहकारीबाट उत्पादन गरेको सामग्रीको बिक्री-वितरण र बजारीकरणमा समस्या रहेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले परियोजनाले साना किसान र विशेषगरी महिलाहरूको आयआर्जन तथा क्षमता विकासमा सहयोग पुगेको बताए । ‘यस कार्यक्रमको निरन्तरता र दिगोपनका लागि पालिकाले सोचिरहेका छौं,’ उनले भने।

आर्थिक वर्ष २०८२/८३ सम्म परियोजनामा करिब १४ करोड खर्च भइसकेको जानकारी दिइएको थियो । कार्यक्रम हेफर इन्टरनेसनल नेपालका सह-निर्देशक किशोर काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा, छविसपाथीभेरा गाउँपालिका अध्यक्ष वसन्त चलाउने, खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापा लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले अबका दिनमा किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा पहल गर्न र कार्यक्रमलाई दिगो बनाउन जोड दिनुपर्ने सुझाव दिएका थिए ।

  • बझाङ
शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ
बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण
सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

समाचार

सबै

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भन्सार छली ल्याइएका सामानसहित दुई जना पक्राउ

बाढी प्रभावित महिला तथा परिवारलाई राहत सामग्री वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.