धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको टीकापुर नगरपालिका-८ श्रीलङ्कास्थित कर्णाली नदीको छेउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ८४ हजार ७२० बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त मूल्यका पानी टेप,चेक वाल, सकेट, नट बोल्ड, ट्युव,एक थान मोटरसाइकल लगायतका सामानहरु प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















