धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको लम्कीचुहा नगरपालिका-६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ८२० मिलिग्राम सहित सोही नगरपालिका- ७ हरैयापुर बस्ने १८ बर्षिय किशोरलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले से ४ प ७४८१ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित निज किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।













