धनगढी । बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बडिमालिका नगरपालिका-१ सल्याना गाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १४ वर्षीया भावना कार्कीको मृत्युु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पोखरामा डुबेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार राति मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।













