धनगढी । दार्चुलामा भीरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ ।
जिल्ला नौगाड गाउपालिका-१ थाङलिङ बस्ने ८० वर्षीया सौली ठेकरेको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ठेकरेको थाङलिङबाट सल्लागाउँ जाने क्रममा सोही ठाउँ स्थित भीरबाट लडेर अन्दाजी २०० मिटर तल खसेर आईतबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



















