धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाको भिमदत्त नगरपालिका-१० बिद्युत कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ५२ हजार ३७० बराबरको चिनी, मिश्री, बिडी, बिभिन्न किसिमका कपडा लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













