धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन ।
मंगलबार जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका छन ।
कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेस जस्तो देखिने कालो पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी,कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरी पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,लम्कीचुहा नगरपालिका-८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ६६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गोप्य सुचनाको अधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













