धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला धनगढी उपमहानगरपालिका-१४ स्याउले बजार नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.५५ हजार ४५० बराबरको चिनी, सुर्ती, दूध पाउडर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















