धनगढी । कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत डोटीको फैसलाले राहदानी चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२ लाख ५० हजार जरिवाना तोकिएका डोटीको शिखर नगरपालिका-१ बस्ने बर्ष ४५ को मेख शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका-६ जालीबाट पक्राउ गरेको जनाएको छ ।













