धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका-१४ स्याउले, भजनी नगरपालिका-४ झलझलिया र सोही नगरपालिका-७ चर्रा जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख ९० हजार ५०२ बराबरको चिनी, बिडी, सुर्ती, दूध पाउडर, विभिन्न किसिमका हार्डवेयरका सामान,प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।













