• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पार्टी पुनर्गठन कार्यदललाई एक कार्यकर्ताको सुझाव

  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित

मदनराज रेग्मी
आज सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम हुँदैछ। तर प्रदेश तथा जिल्ला पदाधिकारीहरूलाई मात्र सहभागी गराउने मापदण्डमै मेरो असहमति छ। पार्टी पुनर्गठन जस्तो गम्भीर र दूरगामी महत्वको विषयमा सुझाव संकलनलाई सीमित घेराभित्र राख्नु आफैंमा अपूर्ण दृष्टिकोण हो।

पार्टीका लाखौं सदस्य, शुभेच्छुक र लामो समयदेखि आन्दोलनमा योगदान पुर्‍याएका कार्यकर्ताहरूको अनुभव, भोगाइ र सुझाव पनि उत्तिकै महत्वपूर्ण छन्। अझ अर्को यथार्थ के हो भने प्रदेश, जिल्ला तथा विभिन्न तहका धेरै पदाधिकारीहरू विगतका गुटीय शक्ति सन्तुलनका आधारमा जिम्मेवारीमा पुगेका छन्। त्यसैले उनीहरूबाट आफ्नो समूह वा नेताको स्वार्थभन्दा माथि उठेर पूर्णतः निष्पक्ष र पार्टीहित केन्द्रित सुझाव आउने अपेक्षा गर्नु सहज छैन।

लामो समयदेखि पार्टी आन्दोलनमा जोडिएको एक शुभचिन्तक कार्यकर्ताको हैसियतले म सामाजिक सञ्जालमार्फत केही सुझाव राख्न चाहन्छु।

१. पुनर्गठन व्यक्ति परिवर्तनबाट होइन, प्रवृत्ति परिवर्तनबाट सुरु हुनुपर्छ।
आज पनि पार्टीभित्र पुनर्गठनको बहस व्यक्ति केन्द्रित देखिन्छ। फलानो हटे, फलानो आए भने समस्या समाधान हुन्छ भन्ने सोच आफैंमा भ्रम हो। व्यक्तिहरू परिवर्तन हुँदै आएका छन् तर समस्या जस्ताको तस्तै रहनुको कारण प्रवृत्ति परिवर्तन हुन नसक्नु हो। पुनर्गठनको सुरुवात नेतृत्वभन्दा माथि विधि, पद्धति र संस्थालाई स्थापित गर्ने ठाउँबाट हुनुपर्छ।

२. गुटलाई होइन, गुट जन्माउने आधारलाई अन्त्य गर्नुपर्छ।
गुटका विरुद्ध भाषण गरेर मात्र गुट समाप्त हुँदैन। जब जिम्मेवारी, अवसर र मूल्यांकन योग्यता, क्षमता र योगदानका आधारमा नभई निकटता र निष्ठाका आधारमा वितरण गरिन्छ, त्यहीँबाट गुटवाद जन्मिन्छ। त्यसैले गुटलाई दोष दिने होइन, गुट उत्पादन गर्ने संस्कृतिमाथि प्रहार गर्नुपर्छ।

३. आलोचना र आत्मालोचनाको संस्कृतिलाई पुनर्जीवित गर्नुपर्छ।
पार्टीभित्र आलोचनालाई असहयोग र चाकडीलाई निष्ठा ठान्ने प्रवृत्ति बढ्दै गएको छ। फरक मत राख्नेहरूलाई शंकाको दृष्टिले हेर्ने र नेतृत्वको प्रशंसा गर्नेलाई अवसर दिने संस्कृतिले संगठनलाई कमजोर बनाउँछ। कम्युनिष्ट आन्दोलनको बल आलोचना र आत्मालोचनामा हुन्छ, व्यक्तिपूजामा होइन।

४. विचारको बहसलाई प्रोत्साहन गर्नुपर्छ।
फरक विचार, दृष्टिकोण र सुझावलाई निषेध गर्ने होइन, पार्टीलाई समृद्ध बनाउने अवसरका रूपमा लिनुपर्छ। विचारको प्रतिस्पर्धा बन्द भएको ठाउँमा व्यक्तिको प्रभुत्व सुरु हुन्छ। संगठनलाई जीवित र गतिशील राख्न खुला बहसको वातावरण आवश्यक छ।

५.योगदान र क्षमताको आधारमा नेतृत्व विकास गर्नुपर्छ।
लामो समय योगदान गरेका, जनताबीच काम गरेका र संगठन निर्माणमा भूमिका खेलेका कार्यकर्ताहरू अवसरबाट वञ्चित हुने तर पहुँच भएका व्यक्तिहरू नेतृत्वमा पुग्ने अवस्था अन्त्य हुनुपर्छ। कार्यकर्ताले पार्टीमा भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।

६.जनतासँगको सम्बन्ध पुनः स्थापित गर्नुपर्छ।
पार्टी संगठन विस्तार भए पनि जनतासँगको भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको देखिन्छ। नेता र कार्यकर्ताबीच मात्र होइन, कार्यकर्ता र जनताबीच पनि दूरी बढेको छ। जनताको सुख(दुःखमा साथ दिने, उनीहरूको मुद्दालाई आफ्नै मुद्दा बनाउने संस्कृतिलाई पुनर्जीवित गर्नुपर्छ।

७. माथिबाट सुरु हुने आत्मसमीक्षा आवश्यक छ।
पुनर्गठनको नाममा तलका कमिटी र कार्यकर्तालाई मात्र दोष देखाएर हुँदैन। संगठन जहाँ छ, त्यसको जिम्मेवारी नेतृत्वले पनि लिनुपर्छ। शीर्ष नेतृत्वले आफ्ना कमजोरी स्वीकार गरेर उदाहरण प्रस्तुत गर्न सके मात्र पुनर्गठनप्रति विश्वास पैदा हुन्छ।

८. जनताको विश्वास किन घट्यो भन्ने विषयमा निर्मम समीक्षा गरिनुपर्छ।
निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्नुको कारण केवल बाह्य परिस्थिति होइन। यसको मुख्य कारण पार्टीप्रति जनविश्वासमा आएको कमी पनि हो भन्ने यथार्थलाई स्वीकार गर्नुपर्छ।

पार्टीका दस्तावेज, घोषणापत्र र भाषणहरूमा किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित वर्ग, राष्ट्रिय स्वाधीनता र समाजवादका कुरा प्रशस्त गरिए। तर सत्ता र सरकारमा पुगेपछि ती प्रतिबद्धताहरू व्यवहारमा अपेक्षित रूपमा देखिन सकेनन्। विपक्षमा हुँदा जनताका कुरा गर्ने तर सत्तामा पुगेपछि जनताभन्दा सत्ताको गणित र शक्ति व्यवस्थापनमा बढी केन्द्रित हुने प्रवृत्तिले आम जनतामा निराशा पैदा गर्‍यो।

निर्वाचन परिणामपछि पनि वास्तविक आत्मसमीक्षाभन्दा विभिन्न बहाना खोज्ने प्रयासहरू भए। तर सत्य के हो भने जनताले आफ्नो असन्तुष्टि मतमार्फत व्यक्त गरेका हुन्। जनताको सन्देशलाई इमानदारीपूर्वक बुझ्ने साहस नगर्ने हो भने पुनर्गठनको बहसले पनि सही दिशा समात्न सक्दैन।
जनताले दस्तावेज होइन व्यवहार हेर्छन्, भाषण होइन परिणाम हेर्छन्।

९.पार्टीलाई पुनः जनताको पार्टी बनाइनुपर्छ।
पार्टीको शक्ति सत्ता होइन, जनता हुन्। जनताको विश्वास गुमाएर संगठन बलियो हुन सक्दैन। किसान, मजदुर, श्रमिक, निम्न तथा मध्यम वर्गका जनताको पक्षमा व्यवहारमै उभिन सक्ने पार्टी निर्माण गर्नुपर्छ। चुनावको बेला मात्र जनताको घरदैलो पुग्ने होइन, जनताको जीवनसँग निरन्तर जोडिने संस्कृतिको विकास गर्नुपर्छ।

१०. इतिहासबाट पनि सिक्नुपर्छ।
पार्टी विभाजन, अन्तरसंघर्ष र नेताहरूको बहिर्गमनका घटनालाई केवल व्यक्तिको कमजोरी भनेर टार्न मिल्दैन। पार्टीभित्र किन असन्तुष्टि बढ्यो, किन लामो समय सहकार्य गरेका नेताहरू अलग भए, किन संवादको ठाउँ साँघुरियो भन्ने विषयमा पनि निष्पक्ष समीक्षा हुनुपर्छ। इतिहाससँग आँखा चिम्लिएर भविष्य निर्माण गर्न सकिँदैन।

११ .नेतृत्वको नियमित पुस्तान्तरण सुनिश्चित गर्नुपर्छ।
कुनै पनि पार्टीमा नेतृत्व स्थायी हुँदैन। नयाँ पुस्तालाई अवसर दिने, जिम्मेवारी हस्तान्तरण गर्ने र नेतृत्व विकासलाई संस्थागत गर्ने संस्कृतिबिना संगठन गतिशील रहन सक्दैन। व्यक्तिभन्दा संस्था बलियो हुने व्यवस्था निर्माण गर्नुपर्छ।
निष्कर्ष
नेकपा एमालेको पुनर्गठन नयाँ अनुहार खोज्ने अभियान होइन, नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अभियान हुनुपर्छ। व्यक्ति फेरिँदैमा पार्टी फेरिँदैन। सोच, शैली, व्यवहार र कार्यपद्धति फेरिएपछि मात्र पार्टी साँच्चिकै पुनर्गठित हुन्छ।

आफू अध्यक्ष रहँदा पार्टीलाई एकताबद्ध राख्न नसक्नु, लामो समयसँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरू पार्टीबाट बाहिरिने अवस्था सिर्जना हुनुजस्ता घटनाको पनि निष्पक्ष समीक्षा हुनुपर्छ। समीक्षा प्रतिशोधका लागि होइन, भविष्यमा त्यस्ता कमजोरी नदोहोर्‍याउनका लागि आवश्यक हुन्छ।

दस्तावेजमा जनता, व्यवहारमा सत्ता।भाषणमा समाजवाद, व्यवहारमा अवसरवाद।
संगठनमा विधिको कुरा, अभ्यासमा व्यक्तिको हालीमुहाली।

यही अन्तरलाई अन्त्य गर्न सकिएन भने पुनर्गठनको बहस पनि अर्को दस्तावेज उत्पादनमा सीमित हुनेछ।
एमालेलाई पुनः बलियो बनाउने हो भने व्यक्तिपूजाबाट संस्थागत नेतृत्वतर्फ, गुटीय निष्ठाबाट वैचारिक निष्ठातर्फ, आदेशमुखी संस्कृतिबाट बहस र सहभागितामुखी संस्कृतितर्फ, र सत्ताकेन्द्रित राजनीतिबाट जनताकेन्द्रित राजनीतितर्फ दृढतापूर्वक अघि बढ्नैपर्छ।

पुनर्गठन त्यो दिनबाट सुरु हुनेछ, जुन दिन नेतृत्वले आफूभन्दा माथि विधि, पद्धति र संस्थालाई राख्ने साहस गर्नेछ।
त्यही दिन नेकपा एमालेको वास्तविक पुनर्जागरणको सुरुवात हुनेछ।

  • पार्टी पुनर्गठन कार्यदललाई एक
शनिबार, असार ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.