काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने ठाउँ नरहेको स्पष्ट पारेका छन् । रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता समेत रहेका शाहले एउटा असल नेता बन्न र राम्रो राजनीतिक आस्था बोक्नका लागि कुनै खास समूह वा गुटको फेरो समात्नु नपर्ने बरु आम जनताको मन जित्नु नै सबैभन्दा ठुलो कुरा भएको बताएका छन् ।
उनले पार्टीभित्र कुनै पनि प्रकारको गुटउपगुट नरहेको र सबै एकजुट भएर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन् ।
महाधिवेशनका क्रममा उनले वर्षौँदेखि थाती रहेको सुकुम्बासी समस्या र पछिल्लो समय निकै जटिल बनेको सहकारीको समस्यालाई यही कार्यकालभित्रै पूर्ण रूपमा समाधान गर्ने दृढता उनले व्यक्त गरे ।













