काठमार्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, महामन्त्री प्रदीप पौडेललगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
दम बढेर उपचारका क्रममा आइतबार राति निधन भएका ८० वर्षीय खरेलको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, महामन्त्री प्रदीप पौडेललगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो । खरेलको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
उनको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।