धनगढी । कञ्चनपुर र डोटीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बालुवाफाँटा बस्ने ३८ वर्षीय दिपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, जिल्ला अदालत डोटीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएका डोटीको आदर्श गाउँपालिका-७ जडिमाना बस्ने ५६ वर्षीय रणबहादुर बिष्टलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोमबार दिपायल सिलगढी नगरपालिका-६ सिलगढीबाट पक्राउ गरेको जनाएको छ ।













