दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ।
शैल्यशिखर नगरपालिका–४ मल्लो काँडापारी बस्ने १९ वर्षीया ललिता ठगुन्ना शनिबार घाँस काट्ने क्रममा सोही ठाउँस्थित भिरबाट लडेकी थिइन्। उनी भिरबाट करिब २०० मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल, गोकुलेश्वरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दार्चुलामा भिरबाट लडेर १९ वर्षीया युवतीको मृत्यु
दार्चुलामा भिरबाट लडेर १९ वर्षीया युवतीको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














