धनगढी । कञ्चनपुरमा प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-३ विष्णु मन्दिर नजिक जंगलमा रुखको फेदमा लुकाइछिपाइ राखेको बेवारिसे एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल बरामद गरेको तथा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














