धनगढी । कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको गोदावरी नगरपालिका-३ चौकीडाँडा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय विश्वेश्वरप्रसाद भट्टराईलाई मंगलबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,गोदावरी नगरपालिका-१२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय टेकबहादुर धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






















