• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

कैलाली – २ मा त्रिपक्षीय भिडन्त, कसको पल्ला भारी ?

  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

धनगढी- कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ मा यस पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ । कैलाली -२ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भगत बडूवाल एमालेबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी उम्मेदवार रहेका छन् ।
२०४८, २०५१ र २०५६ सालको निर्वाचन जितेर कांग्रेसले ह्याट्रिक गरेको कैलाली क्षेत्र नम्बर २ मा २०७० र २०७४ को निर्वाचन एमालेले जितेको थियो ।
यस क्षेत्रमा कांग्रेसले पार्टीगतमात्रै ह्याट्रिक गरेन । उम्मेदवारका रूपमा राम जनम चौधरीले समेत ह्याट्रिक गरेका थिए ।
कांग्रेसले ह्याट्रिक गरेको क्षेत्रमा अहिले एमालेले ह्याट्रिक गर्ने योजना बनाएको छ ।

‘पाँच वर्षसम्म यहाँ मैले विकासका थुप्रै काम गरेको छु । अझ धेरै काम गर्न बाँकी नै छन् । त्यसको लागि जनताले मलाई पुनः निर्वाचित गराउनु हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु’, एमाले उम्मेदवार रावलले भने, ‘राष्ट्र र राष्ट्रियताको लागि देशमा एमालेको सरकार आवश्यक छ भन्ने सबै नेपालीलाई थाहा छ । त्यसैले पनि हामीलाई विजयी गराउनु हुनेछ ।’
क्षेत्र नम्बर –२ मा बर्दगोरिया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पुरै क्षेत्र पर्दछ । यस क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर –५ बाहेकका सबै वडा र जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ पर्छन् ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लम्की चुहाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । बर्दगोरियाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएका छन् ।
यहाँ पर्ने जानकीका चार वडामध्ये तीन वटामा एमाले विजयी भएको छ । त्यस्तै मोहन्याल गाउँपालिकाको ६ वडामध्ये तीन वटामा कांग्रेस, २ वटामा माओवादी र एउटामा एमाले विजयी भएको छ ।
यहाँ दलका वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अगाडि छ । एमालेले १७ हजार ८३४ मत पाएको छ । कांग्रेस १३ हजार ८२० मतसहित दोस्रो स्थानमा छ । माओवादीले ८ हजार ७२४ मत पाएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको छ ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार भएका भगत बडूवाल यस अघि पनि निर्वाचित सांसद हुन् । उनी २०६४ सालको पहिलो संविधान सभामा निर्वाचित भएका थिए ।
पहिलो जितको १५ वर्ष पछि उनी दोस्रो जितको खोजीमा छन् । यस पटक उनको प्रतिस्पर्धा अघिल्लो पटकका विजेता झपट रावल र नागरिक उन्मुक्तिका अरुण चौधरीसँग भइरहेको छ ।
बडूवाललाई हराएर रावल एमालेको जीतको ह्याट्रिक गर्ने लक्ष्यमा छन् । बडुवाल भने एमालेको जीत शृङ्खलामा ब्रेक लगाएर २०६४ कै नतिजा दोहो¥याउने दाउमा छ ।

‘अघिल्लो पटक यहाँबाट जितेर गएपछि पनि केही गर्न नसकेको आरोप छ । यस पटक फेरि उहाँलाई जिताउने मनसायमा यहाँका नागरिकहरू छैनन्’, बडूवालले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई जनताले भारी मतले विजयी बनाउनुहुनेछ ।’
उम्मेदवार बडुवालले अघिल्लो पटक जितेका सांसदले केही गर्न नसकेको भन्दै यस पटक आफूलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरीले पनि कैलाली २ मा आफ्नो जीत निश्चित रहेको दाबी गरेका छन् ।
कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुवै पटक झिनो मतान्तरले पराजित भए ।

२०७४ सालमा लम्की चुहाको मेयरमा एमालेका महादेव बजगाईं ७ हजार १८८ मत ल्याएर विजयी हुँदा फोरम लोकतान्त्रिकबाट निर्वाचनमा होमिएका चौधरीले ६ हजार २२२ मत पाएका थिए ।
फोरम लोकतान्त्रिक र कांग्रेसको एकता पछि चौधरी कांग्रेसबाट प्रदेश २ को ‘२’ मा उम्मेदवार बनेका थिए । एमाले र माओवादीको वाम गठबन्धनसँग उनी ८४४ मतले पराजित भए ।

अघिल्लो दुई पटक आफू एक हजार मत भन्दा कमले पराजित भएको भन्दै यस पटक आफ्नो जित सुनिश्चित भएको चौधरीको दाबी छ ।
‘यसअघि प्राविधिक कारणले म झिनो मतले हारेको थिएँ । तर, यस पटक जीत पक्का हो’, उनले भने, ‘नागरिकहरूले अहिले नागरिक उन्मुक्तिलाई विश्वास गरिरहनुभएको छ ।’

  • त्रिपक्षीय भिडन्त
बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.