• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्पादित कार्यक्रम तथा गतिविधिको स्थिति पत्र सार्वजनिक गरेको छ ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले आव २०७४/७५ देखि २०८२/८३ सम्म सम्पादित कार्यक्रम तथा स्थिति पत्र सार्वजनिक गरेका हुन् ।

मन्त्री भाटले आव २०७४/७५ देखि २०८२/८३ सम्म मन्त्रालयको कुल विनियोजित बजेट रु ८८ अर्ब ७३ करोड ४० लाख ८३ हजारमध्ये रु ६४ अर्ब ७९ करोड ४३ लाख ८१ हजार खर्च भएको जानकारी दिए ।

त्यस्तै,सो अवधिमा प्रदेशभरी एक हजार १६ किलोमिटर कालोपत्र सडक,एक हजार ५८४ किलोमिटर ग्राभेल र दुई हजार ४५ किलोमिटर कच्ची सडक निर्माण भएको उनले जानकारी ।

त्यस्तै,प्रदेशका विभिन्न जिल्लामा ६९ वटा सडक मोटरेबल पुल र ४१ झोलुङ्गे पुल निर्माण गरिएको स्थिति पत्रमा उल्लेख छ ।

सतह सिँचाइबाट लाभान्वित क्षेत्रफल ३३ हजार २४६ हेक्टर,भूमिगत सिँचाइबाट लाभान्वित क्षेत्रफल ४ हजार ९६५ हेक्टर,नयाँ प्रविधिमा आधारित सिँचाइ विस्तार २ हजार ७२९ हेक्टर,मर्मत सम्भारबाट पुनःस्थापित सिँचाइ सुविधा ४१ हजार ६९६ हेक्टर,२ हजार ७५६ किलोमिटर कुलो र ४०१ वटा डिप ट्युबवेल निर्माण गरिएको स्थिति पत्रमा उल्लेख छ ।

सो अवधिमा ३ हजार १२८ वटा इन्टेक र ३ हजार २३२ वटा पानी पोखरीहरूको निर्माण सम्पन्न भएका छन् । खानेपानी वितरणका लागि १२ हजार ४९२ किलोमिटर पाइपलाइन जडान गरी जम्मा १ हजार ४४८ वटा खानेपानी योजनाहरू सम्पन्न गरिएका तथा ती योजनाहरूबाट कुल ५ लाख ७१ ह्जार ८५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ ।

जनता आवास कार्यक्रमअन्तरगत गरिब तथा विपन्न वर्गका लागि ५ हजार ३४६ वटा निजी आवास निर्माण भएका छन ।

आयोजनाहरू समयमै र निर्धारित गुणस्तरमा सम्पन्न गर्न ‘आयोजना जीवन चक्र’ को अवधारणा अनिवार्य रूपमा लागू गर्ने,प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र अन्य विशेष उद्देश्यका सडकहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने भावी रणनीति रहेको मन्त्री भाटले बताए ।

उनले नदी नियन्त्रण कार्यलाई केवल तटबन्ध निर्माणमा मात्र सीमित नराखी ‘जग्गा उकास र व्यावसायिक कृषि’ सँग जोडेर एकीकृत रूपमा अगाडि बढाउने,अधुरा आयोजनाहरुलाई प्राथमिकता राखिने तथा कम्तिमा ५० प्रतिशत भौतिक प्रगति भएका खानेपानी आयोजनाहरु पूर्ण रुपमा सम्पन्न हुने गरी बजेट व्यवस्थापन गरिने बताए ।

प्रदेश सरकारबाट हुने सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन प्रदेश प्रशासनिक भवन निर्माण प्रयोजनार्थ गुरुयोजना तयार गर्नेलगायतका मन्त्रालयका भावी रणनीति रहेको उनले बताए ।

मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.