बाजुरा– बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।
मतपेटिका खोस्न आएपछि झडप भएको उनको भनाइ छ । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उनले बताए ।















