काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी भएका छन् । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।
प्रतिनिधिसभामा निर्वाचित गौचनले तीन हजार ९९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गरे ।
योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । यद्यपि यस विषयमा मुख्य निर्वाचन कार्यालय मुस्ताङले औपचारिक घोषणा गर्न बाँकी छ ।













