धनगढी- कैलालीको निर्वाचन क्षेत्र नम्बर -२ मा ५ सय मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरीले २८१ मत पाएका छन् ।
बाम गठबन्धनबाट नेकपा माओवादीका भगतबहादुर बडुवालले ९४ मत र नेकपा एमालेबाट झपटबहादुर रावलले ६९ मत पाएका हुन् ।
यस क्षेत्रमा एक लाख चार हजार नौ सय ६ मतदाना रहेकोमा ६० हजार ६ सय २९ मत खसेको थियो ।













