चितवन- सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । ३५ वर्षीय बिकको आज बिहान चितवनमा सवारी दुर्घटना हुँदा मृत्यु भएको हो ।
पूर्वी चितवनको राप्तीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो ।
उनको रेडियो कार्यक्रम बहकिने मन युवा पुस्तामा लोकप्रिय थियो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।













