बैतड – बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। नौ हजार ९ सय ७१ मत गणना हुँदा भण्डारीले ४ हजार ६ सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।
उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर ९विजयसुन्दर०ले चार हजार एकसय २६ मतका साथ पछ्याइ रहेका छन्। यस्तै प्रदेश सभा क्षेत्र नम्बर ९१० मा १० हजार २ सय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ४ हजार ३ सय २० मत प्राप्त गरेका हुन्।
उनको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले २ हजार नौ सय ४३ मत पाएका छन्। यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले १ हजार आठसय १७ मत प्राप्तगरेका छन्।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा भने कांग्रेस अगाडि छ। ८ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले ३ हजार ९ सय ६० मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले ३ हजार ८ सय ७० मत प्राप्त गरेका छन्।













