बैतडी- बैतडी जिल्लाको प्रदेश सभा ९क० अन्तर्गत डिलाशैनी गाउँपालिकाका–४, स्थित हाडाकोट मतदान केन्द्रको मतपेटिकामा खसेको भन्दा ९५ मत बढी भेटिएका छन् ।
६६१ मत खसेको मुचुल्का भए पनि मतपेटिकामा ७५६ मत भेटिएपछि उक्त मतपेटिकालाई थाती राखिएको छ । बढी मत भेटिएको पेटिकालाई थाती राख्ने र आयोगको निर्णयपछि अघि बढ्ने सहमति भएपछि केही समय रोकिएको मतगणना पुनः सुचारु भएको छ ।
बढी मत भेटिएको सम्बन्धमा निर्वाचन आयोगलाई लिखित जानकारी दिने र आयोगको निर्णय अनुसार ती मतका विषयमा अघि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको हो ।















