डडेल्धुरा- डडेल्धुराको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिइरहेका छन् । हालसम्मको मतगणना अनुसार देउवाले १६ हजार ११८ मतसहित अग्रता लिइरहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार ६०० मतसहित उनलाई पछ्याइरहेका छन् । कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ४ हजार ७०१ मत ल्याएका छन् ।















