कञ्चनपुर- दार्चुलाबाट प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले मतान्तर बढाएका छन्।
उनले प्रतिस्पर्धी नेकपा एमालेका गणेश ठगुन्नासंग ७७६ मतको अन्तर बनाएका छन्। ३४ हजार ७५ मत गणना हुँदा बडूले १६ हजार ६६१ मत हासिल गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेश ठगुन्नाले पछ्याइरहेका छन्। उनले १५ हजार ८८५ मत प्राप्त गरेका छन्।













