धनगढी- कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । जारी मतगणना अनुसार अहिले सम्म ९ हजार ३७२ मत गणना गर्दा कांग्रेसका प्रकाश देउवाले ३ हजार ३६९ मत पाएका छन् ।
नेकपा एमालेका दुर्गाप्रसाद जोशीले १९ सय ३५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले १४ सय ५३ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार क्षीतिज भण्डारीले ८७२ मत पाएका छन् ।















