धनगढी- कैलाली निर्वाचन क्षेत्र १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जीत सुनिश्चित भएको छ। अहिले सम्म गरिएको मतगणना अनुसार रेशम चौधरीकी पत्नी रञ्जिताको जीत सुनिश्चित भएको हो।
रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत प्राप्त गरेका छन् । एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।
८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्।













